post-slider post-slider

काठमाडौं र ललितपुरका केही स्थानमा आजदेखि लगातार तीन दिन विद्युत आपूर्ति प्रभावित हुने

Image
A A

काठमाडौं- काठमाडौं र ललितपुरका केही स्थानमा शुक्रबारदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गरी बिजुली जाने क्षेत्रहरूको बारेमा जानकारी दिएको छ।

स्युचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्म केही स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ रोड, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकु सबस्टेसन, रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ।

nea-notice1694743193.png

Tags: