post-slider post-slider

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने जेल चलान

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोट जेल चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो।

नुवाकोट घर भएका देवकोटामाथि प्रहरीले ज्यानमार्ने उद्योग मुद्दा चलाएको थियो।

सहमहामन्त्री यादवमाथि २० भदौमा भृकुटीमण्डपमा आक्रमण भएको थियो।

रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किँदै गर्दै देवाकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार गरेलगत्तै उनले देश बचाउन यादवमाथि खुकुरी प्रहार गरेको प्रतिक्रिया दिएका थिए।

यादव सहभागी कार्यक्रम चलिरहँदा देवकोटा कार्यक्रम हलभित्रै बसिरहेका थिए।

प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। जिल्ला अदालतको आदेशले देवकोटा सुन्धारा कारागार चलान भएका छन्।

खुकरी प्रहारबाट घाइते भएका यादव वीर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका थिए।

 

Tags: