post-slider post-slider

छोरीले साढे २ लाखको ब्याग किनाइदिएपछि नवाजुद्दिनको होस् उड्यो

Image
A A

काठमाडौँ - छोरीले साढे २ लाख भारुको ब्याग किनाउन लगाएपछि बलिउड अभिनेता  नवाजुद्दीन सिद्दिकीको होस उडेको छ।

छोरीले आफूलाई झोला चाहिने जिद्दी गरेपछि सिद्दिकीले किन्न भनेका थिए। तर उनले उक्त झोलाको मूल्य २० देखि २५ हजारसम्मको होला भन्ने सोचेका थिए।

तर, जब सिद्दिकीले यसको दर सोधे, उनी छक्क परे। लुइस भिटनको त्यो झोलाको मूल्य साढे २ लाख भारु थियो । तर सिद्दिकीले छोरीको जिद्दी र खुशीका अगाडि महँगो झोला किन्नुपरेको थियो।

सिद्दिकीले भने– म मेरी छोरीको लागि जे पनि गर्न सक्छु

सिद्दिकीले केही दिनअघि अनफिल्टर्ड समदीशलाई एक अन्तर्वार्तामा एउटा रोचक कुरा भनेका छन्। नवाजलाई सोधिएको थियो- तपाईं अन्तिम पटक कसको काखमा सुत्नुभएको थियो ? जवाफमा सिद्दिकीलेले आफ्नी छोरी शोराको नाम लिएका थिए। उनले भने, 'छोरीको लागि जे पनि गर्न सक्छु।'

तर श्रीमतीसँग झगडा

सिद्दिकीका दुई छोरी शोरा र यानी छन्। छोरीहरू पूर्वपत्नी आलिया सिद्दिकी हुन्। यी छोरीहरू आमासँग बस्छन्। तर दुवैबीचको विवाद अदालतसम्म पुगेको थियो। अदालतले दुवैलाई सन्तानको राम्रो भविष्यका लागि सम्झौता गर्न भनेको थियो।

Tags: