post-slider post-slider

सर्वदलीय बैठक बस्दै, संसदको गतिरोध अन्त्य होला?

Image
A A

काठमाडौं- राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने भएको हो।

संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी परेका कारण हिजोको बैठकमा सहभागी हुन सकेका थिएनन्।

बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज पुन: बस्ने गरी सकिएको थियो।

संसद अवरोध खुलाउने विषयमा बृहत् छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो।

बैठक  निष्कर्षविहीन भएपछि आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा  बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको थियो।

विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

 

Tags: