post-slider post-slider

‘सरकारले प्रतिशोध साँध्यो’

Image
A A

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ परेको विषयले प्रवेश पाएको छ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको बैठकमा सांसदहरूले सुन तस्करीबारे बोल्दा सरकारले शर्मालाई प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन्।

कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताए।

सांसद प्रदीप पौडेलले दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयले प्रवेश पाएको बताए।

सुन तस्करीका विषयमा कुरा उठाइरहेकाले प्रतिशोध राखेर पक्राउ त गरिएको होइन भन्न प्रश्न उठेको उनको भनाइ छ।

‘जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन? उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने।
अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए।

‘सुनिल शर्माले कति गलत गरेका हुन्? त्यो अनुसन्धान भएर कारबाही गर्नुपर्ने, नपर्ने छुट्याउने दायित्व पनि सरकारको हो। तर, उहाँ सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्ति हुन्, यसकार अहिले जुन ढंगले उहाँलाई पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरिएको हो भन्ने प्रस्ट छ,’ केसीले भने।

सांसद शर्मा पक्राउ परेको विषयले प्रवेश पाए पनि बैठकले यसबारे कुनै निर्णय गरेको छैन।

बैठकमा संसद सञ्चालनका विषयमा समेत छलफल भएको छ। संसदीय दलको बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ।

 

Tags: