post-slider post-slider

ग्रैह्रीगाउँमा चार जनाको हत्या

Image
A A

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ।

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय ५५ कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको प्रहरीले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार उनीहरू चारै जना सोही सः मिलमा कार्यरत थिए।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Tags: