post-slider post-slider

संघीय व्यवस्थाबाटै नागरिकको अवस्था परिवर्तन हुन्छ : देउवा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय व्यवस्थाबाटै नागरिकको अवस्था परिवर्तन हुने बताएका छन्।

पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न ओखलढुंगा पुगेका सभापति देउवाले यस्तो बताएका हुन्।

संघीयतालाई राम्रोसँग चलाउनसके देश विकास गर्ने उनले बताए।

‘देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ, यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ,’ उनले भने।

संघीयताले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउन आवश्यक रहेको देउवाले बताए।

कार्यक्रममा बोल्दै नेता शेखर कोइरालाले देशमा बढ्दो बेरोजगारीको समस्या अन्त्य गर्न कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए।

उनले पछिल्लो समय देशमा एनसेलको भ्रष्टाचारका विषयमा चर्चा चलिरहेको सन्दर्भमा कांग्रेसले सदनमा आवाज उठाउने बताए।

महामन्त्री गगन थापाले संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए।

देशमा भ्रष्टाचार अन्त्य गर्नका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक रहेको उनको भनाइ छ।

पार्टी सुधारेर लैजान आवश्यक रहेको बताउँदै थापाले भने,‘’पार्टी सुधार्नु आवश्यक छ। चिन्ता २०८४ को होइन, अहिले र आज नै काम गर्न लागिपर्नुपर्छ।

महामन्त्री थापाले छिट्टै संघमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे।

 

Tags: