post-slider post-slider

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतिले अनुमोदन

Image
A A

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

समितिका सदस्य महेश बर्तौलाले कार्कीको नाम सर्वसम्मतबाट सिफारिस भएको जानकारी दिएका छन्।

सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो।

समितिमा कार्कीविरूद्ध बहालवाला जिल्ला नयायाधीशसहितका २९ वटा उजुरी परेका थिए।

संसदीय समितिले उनको नाम अनुमोदन गरिसकेपछि हाल कायम मुकायम प्रधानन्यायाधीश भएर जिम्मेवारी सम्हालिरहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न २५ वैशाखमा संवैधानिक परिषद बैठकले सिफारिस गरेको थियो।

कार्की सर्वोच्च अदालतमा छोटो कार्यकाल नेतृत्व गर्नेछन्। ८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेको उनी २० साउनमा अनिवार्य अवकाशमा जाँदैछन्।

 

Tags: