post-slider post-slider

नेपाल टि–२० विश्वकपमा, युएईमाथि ८ विकेटको जित

Image
A A

काठमाडौं- नेपाल टि–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएको छ।

शुक्रबार टि–२० विश्वकप छनोट प्रतियोगितमा युएइलाई पराजित गर्दै नेपालले एसिया क्षेत्रबाट विश्वकपका लागि स्थान सुनिश्चित गरेको हो।

सेमिफाइनलमा युएइलाई पराजित गरेर फाइनलमा पुगेको नेपाल आगामी २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्नेछ।

आइसिसीको नियमअनुसार छनोट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने दुई टिम विश्वकपका लागि छनोट हुनेछन्।

यसअघि नेपालले सन् २०१४ मा विश्वकपका लागि चयन भएको थियो। त्यसयता छनोटमा पर्न नसकेपछि नेपालले टि–२० विश्वकप खेल्ने अवसर पाएको थिएन।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा नेपालले बलियो टिम युएइलाई ८ विकेटले पराजित ग¥यो।

ओपनर आशिफ शेखको अर्धशतकीय इनिङको मदतले १३५ रनको लक्ष्य पछ्याएको नेपालले युएइविरूद्ध सहज जित हासिल गर्न सफल भयो।

आसिफले सर्वाधिक ६३ रन बनाए। ५० बलको सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे।

ओपनिङका लागि कुशल भुर्तेल ११ रनमा आउट भएपछि परिपक्व ब्याटिङ गरेर आसिफले इनिङ अगाडि बढाउँदै मजबुत जग खडा गरे।

त्यस्तै गुलशन झा २४ बलमा २२ रन बनाएर आउट भए।   

कप्तान रोहित पौडेलले २५ रन बनाए।

युएइका लागि निलान्स केसवानी र बसील अहमदले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो।

युएइका लागि वारित्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। त्यस्तै मुहम्मद वासीमले २६, आसिफ खानले १३ र अलिसान सराफूले १६ रनको योगदान दिएका थिए।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिएका थिए।

अब नेपालले फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। 

शुक्रबारै भएको अर्को खेलमा बहराइनलाई पराजित गरेर ओमान फाइनलमा पुगेको हो।

बहराइनमाथि जित दर्ज गर्दै ओमान पनि टि–२० विश्वकपका लागि छनोट भएको छ।

 

Tags: