post-slider post-slider

अन्तत: एमालेले गर्‍यो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन

Image
A A

काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दीर्घ सोडारीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुखलाई पठाएको बताए।

सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान थियो।

तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धन बनाउन लागेपछि एमाले समर्थन गर्न बाध्य बनेको हो।

संविधानको धारा १६८ (२) अनुसार सोडारीले अपराह्न ४:३० बजे मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने एकीकृत समाजवादीका सांसद नरेश शाहीले जानकारी दिए।

सोडारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले समर्थन गरेका छन्। उनलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन्।

Tags: