post-slider post-slider

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि आक्रमण

Image
A A

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ।

मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले कुटपिट गरेको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

बिरामी एक विशेषज्ञको नाम लिएर देखाउन आएको र ती विशेषज्ञ क्लासमा हुँदा इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको भन्दा आक्रमण भएको उनले बताए। 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ।

अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन्।

Tags: