एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उठाउने
काठमाडौं, ११ चैत - नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो।
जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आगामी वैशाख १५ गते उप निर्वाचन हुँदैछ।