post-slider post-slider

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

Image
A A

काठमाडौं- रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन्।  

युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।  

भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए।

२३ वर्षीय भिनिसियसले यस सिजनको स्पेनिस ला लिगामा पनि २६ खेलमा १५ गोल गरेका थिए।  

त्यस्तै, रियल म्याड्रिडकै इङल्याण्डका जुड बेलिङघम यस सिजनको उत्कृष्ट युवा खेलाडी बनेका छन्।      
    

Tags: