post-slider post-slider

ललितरपुका किसानले पनि दूध पोखेर विरोध जनाए

Image
A A

काठमाडौँ – चितवनमा किसानले दूध पोखेको एक साता नबित्दै ललितपुरमा पनि यस्तै घटना भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले दूध पोखेर विरोध जनाएका छन्।

ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको ११ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउने क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेका हुन्।

जिल्लामा मासिक साढे १ लाख लिटर दुध उत्पादन हुँदै आएको छ।

Tags: