post-slider post-slider

मकवानपुरमा दुई ट्रक आपसमा ठोक्किएर आगलागी, दुवै ट्रकमा पूर्णरूपमा क्षति

Image
A A

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक ठोक्किँदा आगलागी भएर पूर्णरूपमा क्षति भएको छ। शनिबार बिहान करिब १:४५ बजे मनहरी-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ।  

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक आपसमा ठक्किएर खाएर दुर्घटना भएको हो। दुर्घटनामा परेका दुवै ट्रकमा आगलागी भएको थियो। आगलागी हुँदा दुवै ट्रक पूर्णरूपमा जलेर क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ति–३ का ३५ वर्षीय विवेक तमाङ र ६३१ नम्बरको ट्रकचालक मनहरी–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ।

हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकलले ट्रकमा लागेको आगो नियन्त्रण गरेको थियो।

 

Tags: