post-slider post-slider

दिल्लीको आगलागीमा ११ जनाको मृत्यु, शव पहिचान गर्नसमेत मुश्किल

Image
A A

नयाँदिल्ली- भारतको दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले जनाएका छन्। 

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेको छ। आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए। 

आगलागीमा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना पनि घाइते भएका छन्। घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ उत्पादन कारखानामा भएको हो। 

आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो।

नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन्। भारतमा पटक पटक रङ तथा पटाका उत्पादक कम्पनीहरूमा आगलागी हुने गरेको छ। 

Tags: