post-slider post-slider

रेलले किचेर वृद्धको मृत्यु

Image
A A

काठमाडौं- धनुषामा रेलले किचेर एक वृद्धाको मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिकामा ९० वर्षीय विन्देश्वर दासको रेलले किचेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रन्जन आवाले मंगलबार बिहान ९ : ३० बजे वैदेही स्टेशननजिकै ट्र्याक काट्ने क्रममा रेलले किचिएर दासको मृत्यु भएको जानकारी दिए।

मृतक दासको घर भारतको मधुबनी जिल्ला जयनगर बेल्ही रहेको उनले बताए।

रेल धनुषाको कुर्थाबाट जयनगरतर्फ गइरहेको थियो।

Tags: