post-slider post-slider

गृहमन्त्रीले राजीनामा नदिएसम्म एमालेले संसद चल्न नदिने

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने भएको छ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न नदिने निर्णय गरेको हो।

गृहमन्त्रीको संलग्नताविना सय किलो सुनको तस्करी सम्भव नभएको एमालेको जिकिर छ।

‘गृहमन्त्रीको संलग्नताविना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद चल्न सक्दैन,’ प्रमुख सचेतक पदम गिरीले भने।

सोमबार राति कम्बोडियाबाट फर्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा गृहमन्त्री श्रेष्ठप्रति आक्रोश व्यक्त गरेका थिए।

उनले सुनकाण्डका विषयमा गृहमन्त्रीले आफ्नो संलग्नता भएको नभएको प्रष्ट पार्नुपर्ने बताएका थिए। 

 

Tags: