post-slider post-slider

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Image
A A

विराटनगर- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन्। 

आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे। 

मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो। विपक्षमा मत कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो।

कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए। कांग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो।

Tags: