post-slider post-slider

शरणार्थी शिविरमा इजरायली आक्रमण, ७० जनाको मृत्यु

Image
A A

काठमाडौं- गाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा भएको इजरायली हवाइ आक्रमणमा कम्तिमा ७० प्यालेस्टिाइनीको मृत्यु भएको छ।

प्याइलिस्टाइनको सरकारी टेलिभिजनले इजरायली आक्रमणमा परी शरणार्थी शिविरका ७० जनाको मृत्यु भएको जनाएको हो।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले विज्ञप्तिमार्फत भीडभाड भएको आवासीय क्षेत्रमा हवाइ आक्रमणबाट ७० जनाको मृत्यु भएको र यो संख्या थप बढ्नसक्ने बताएका छन्।

मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतपालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अल–मगजी शरणार्जी शिविरबाहेक इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको बताइएको छ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमललाले अब–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ।

इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो।

 

Tags: