post-slider post-slider

बोक्सीको आरोपमा मलमूत्र खुवाउने धामी पक्राउ

Image
A A

मोरङ - बोक्सीको आरोप लगाएर मलमूत्र ख्वाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोरङ बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरेको हो। पक्राउ परेकी माझी गाउँकी धामी हुन्।

बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो छिमेकीले नै यातना दिँदै बोक्सी आरोपमा मलमूत्र खुवाएका थिए।

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो। हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरेकी थिइन्। पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ।

पीडित महिलाले बिहीबार साँझ नै हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी घटनाबारे जानकारी गराएपछि माझीलाई पक्राउ गरिएको  दाहालले बताए।

पीडितले महिलाले दिएको किटानी जाहेरीका आधारमा माझीविरुद्ध मुद्दा चलाइने प्रहरीले तयारी गरेको छ।

Tags: