post-slider post-slider

सार्वजनिक खरिद ऐन प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन सक्दैन : प्रमुख महर्जन

Image
A A

काठमाडौ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्दिर, देवालयलगायतका सम्पदाहरूको निर्माण टेन्डरमार्फत गर्दा धेरै समय लाग्ने उनले बताए।

सम्पदा सहरका मन्दिर, देवालयहरू टेन्डर बनाएर काम गर्दा केही नहुने बताउँदै उनले सार्वजनिक खरिद ऐन प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेको उल्लेख गरे।

प्रमुख महर्जनले ललितपुरको तीन ठाउँमा बन्न लागेको फ्लाइ ओभरहरू एकै चरणमा बनाउनुपर्नेमा जोड दिए।

‘ग्वार्कोको फ्लाइ ओभर छिटो बनोस्। एकान्तकुना, ग्वार्कोसहितका तीनवटा पुल एकैपटक बनाऔं। त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ। म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु,’ उनले भने,‘यो वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखौं। तर, एकैपटकमा सबै सक्नुपर्छ।’

प्रमुख महर्जनले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा चाँडै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

 

Tags: