post-slider post-slider

चन्द्रयान–३ को सफलतापछि अब सूर्यतिर भारतको नजर

Image
A A

काठमाडौं- चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारत सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका लागि तयार छ।

चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरणपछि इन्डियन स्पेस अर्गेनाइजेसन (इसरो) को नजर सूर्य मिसन अर्थात आदित्य–एल वनतर्फ केन्द्रित छ।

आदित्य–एल वन प्रक्षेपणका लागि ‘काउन्टडाउन’ सुरू भएको छ। श्रीहरिकोटास्थित लन्चिङ सेन्टरबाट भारतीय समयअनुसार आज ११ः५० बजे प्रक्षेपण गर्न इसरोले तयारी गरेको छ।

आदित्य एल–१ अंतरिक्ष यान पृथ्वी र सूर्यबीचको एक प्रतिशत दूरी तय गरेर एल–१ विन्दुमा पु¥याउने छ।

भारतको योजना अन्तरिक्षमा आधारित एउटा वेधशाला त्यस्ता प्रक्षेपण गर्नुृ रहेको छ जसले पृथ्वीको सबैभन्दा नजिकको तार पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्।

त्यस्तो प्रकारको भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ।

सूर्यको अध्ययन गर्ने यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन– नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्।

तर, भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन्।

आदित्यको अर्थ संस्कृतमा सूर्य हो। सबै योजनाअनुसार नै भएमा भारतको चेन्नईबाट सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यो यानलाई अन्तरिक्षमा पठाइनेछ।

भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ‘लन्च प्याड’ मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेका रकेट पूर्ण रूपमा तयार भइसकेको छ।

सूर्यसम्म पुग्न यसलाई कति समय लाग्ला?

अन्तरिक्षमा पठाइने यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने होइन।

त्यसको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो। त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो।

तर, त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशतमात्रै हो। सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढाा छ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक साताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ। र, त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दुसम्म पुग्नेछ।

आदित्य एल–१ लाई आफ्नो गन्तव्यसम्म पुग्न केही समय लाग्नेछ। 

‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल १ भनिने अन्तरिक्षको स्थानसम्म पुग्नाका लागि आदित्य–एल १ लाई करिब चार महिना लाग्नेछ,’ इसरोले ट्विटरमा लेखेको छ।

लाग्राञ्ज विन्दु भनेको को हो?

आदित्य–एल १ को नाममा उल्लेख भएको एल १ ले लाग्राञ्ज प्वाइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरूत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ।

त्यस्तो सन्तुलित गुरूत्वाकर्षण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ–लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औं शताब्दीमा पहिलोपटक त्यसबारे अध्ययन गरेका थिए।

आदित्य–एल १ मिसनका उद्देश्यहरू के के हुन्?

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोक्नेछ। त्यसले फोटोस्फेयर र क्रोमोस्फेयर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र, त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिटेक्टरजस्ता उपकरणको प्रयोग गरिनेछ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ। सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नर्दर्न र सदर्न लाइट्स भनिने रङ्गिविरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।

एकपटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ।’

इसरोले भनेको छ,‘यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलाभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभइ वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।’

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएसन अर्थात विकिरणको अध्ययन गर्न पनि सघाउने छ।

यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन्।

बाँकी तीनवटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू एल १ मा रहका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानामा नै रहेर अध्ययन गर्नछन्।

त्यसबाट विभिनन् ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्सन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रक्रियाहरूबारे महत्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

लागत कति?

भारतीय सरकराले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख डलर रहेको जनाइएको छ।

भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी छ। र, यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।

इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरूत्वाकर्षण बलको प्रयोग गर्नेछ।

यसले चन्द्रमा, मंगलग्रहजस्ता गन्तव्यमा पुग्नका लागि आवश्यक समयलाई बढाउँछ तर यसले गहु्रँगो रकेटकहरूको प्रक्षेपण लागत भने उल्लेख अनुपातमा घटाउँछ।

 

Tags: