post-slider post-slider

कांग्रेस नेता निधि भारतमा ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

Image
A A

नयाँ दिल्ली- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्।

अटल भारत फाउन्डेसनले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन्।

कार्यक्रममा राज्यसभाका उपसभापति हरिवंश, भारत सरकारका मन्त्री अनुराग ठाकुर, राज्यसभाका पूर्वसदस्य एवं भारतीय जनता पार्टीका नेता प्रभात झा, पूर्वपमन्त्री सिपी ठाकुर, बलिउडका गायक कुमार सानु, गायितका अनुराधा पौडवाल, अभिनेता शेखर सुमनलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई फाउन्डेसनले हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आइरहेको छ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानमा आठौं अनुसूचीमा समावेश गरेका थिए।

उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा योगदा पु¥याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको छ।

यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य निधि सम्मानित भएका हुन्।

फाउन्डेसनले यसअघि बलिउडका लोकप्रिय गायक उदितनारायण झा, अलका याज्ञनिकलगायतलाई ‘अटल मिथिला सम्मान’ बाट सम्मानित गरेको छ।

 

 

 

Tags: