post-slider post-slider

सिनामंगलको शंकास्पद वस्तु सेनाले डिस्पोजल गर्‍यो

Image
A A
काठमाडौं- काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।
 
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ। वस्तुलाई निष्क्रिय पार्न सेनाको टोली घटनास्थलमा पुगेको छ।
 
बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपश्चात टोली घटनास्थल पुगेको हो। उता गौशालाका डिएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेर सुरक्षा दिइरहेको छ।
 
घटनास्थलमा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चासमेत फेला परेको छ। 
Tags: