post-slider post-slider

प्रचण्ड र ओलीबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुवै नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ।

कोसीमा गठबन्धनको निर्णयविपरित विद्रोह गरेर एमालेको समर्थनमा नेपाली कांग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक प्रचण्ड र ओली भेटेका हुन्।

सरकार गठनका विषयलाई लिएर कोसीमा अगाडि बढेको राजनीतिको बाछिटा केन्द्रमा समेत पर्न सक्ने आकलन भइरहेका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

 

Tags: