post-slider post-slider

मेयर हर्क साम्पाङले सद्भाव खल्बल्याउन बन्द गरून् : प्रवक्ता श्रेष्ठ

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम गरेको भन्दै अविलम्ब बन्द गर्न आग्रह गरेका छन्।

केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दू धर्म र सनातन धर्म संस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन्।

‘हिन्दूहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृति प्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् ।

Tags: