post-slider post-slider

नेम्वाङको अन्त्येष्टि बिहीबार

Image
A A

काठमाडौं- संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपराह्नमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येष्टि गरिने बताएका छन्।

उनका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ।

त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित नेम्वाङको निवासमा लगिने छ। पार्थिव शरीरलाई घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिने छ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमा गरिने बताइएको छ।

सरकारले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधान निर्माणमा पु¥याएको योगदानको कदर गर्दै राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

त्यस्तै उनको अन्त्येष्टि हुने दिन देशभर शोक बिदा दिने निर्णय सरकारले गरेको छ।

७१ वर्षीय नेम्वाङको हृदयघातका कारण सोमबार राति निधन भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

 

Tags: