post-slider post-slider

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

Image
A A

काठमाडौं- कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोलम्बिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो। 

यो सँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ। फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५:४५ बजेदेखि सुरु हुने छ।

Tags: