जनकपुरले जित्यो नेपाल प्रिमियर लिगको उपाधि
काठमाडौं - जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यमा ५ विकेट गुमाएर उसले एनपिएलको उपाधि हासिल गरेको हो।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार फाइनल खेलमा जनकपुर बोल्ट्स ५ विकेटले विजयी भएको हो।
खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो।
आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए। जेम्स निसम यो पटक आश्चर्य तरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो।
सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटअघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।
सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै, स्कट कुग्लिङ १३ रनमा आउट भए।
उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिँदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।