post-slider post-slider

आज पनि देशका केही स्थानमा भारी वर्षा हुने

Image
A A

काठमाडौं- काठमाडौंलगायत देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

पाँचवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ। नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले आवश्यक सतर्क रहन विभागले सचेत गराएको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेको छ। नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

Tags: