post-slider post-slider

धरान गएर ६ महिना काम गर्छु : राजेन्द्र लिङ्देन

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन्।

राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए।

देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा भएको बताउँदै उनले बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको बताए। उनले आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाने बताएका हुन्।

६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपछि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनले बताए।

 

Tags: