post-slider post-slider

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

Image
A A

काठमाडौं- सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बुधबार राति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो। 

सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै छ।

निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्माले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे मात्रै पाएकोथियो।
जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो।

मृतकको सनाखत भइसकेको छैन। प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ। उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

Tags: