post-slider post-slider

पहिरोमा पुरिएर कारमा सवार पाँच जनाको मृत्यु

Image
A A

काठमाडौं- भारत उत्तराखण्डको रूद्रप्रयाग जिल्लास्थित गौरीकुन्ड राजमार्गमा गुडिरहेको कार पहिरोले पुरिँदा पाँच जनाको ज्यान गएको छ।

गौरीकुन्ड राजमार्गका तरसाली भन्ने ठाउँमा पहिरोले पुरिँदा कारमा सवार पाँच जनाको ज्यान गएको हो।

जिल्ला विपद व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारले पहिरोले पुरिएर कारमा सवार पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन्।

उनका अनुसार मृतकहरूमध्ये तीन जना गुजरात र एक–एक जना राजस्थान तथा उत्तराखण्डको रहेका छन्।

फाटाबाट सोनप्रयागतर्फ जाँदै गरेको कार अचानक आएको पहिरोमा पुरिएको स्थानीयवासीहरूले बताएका छन्।

 

Tags: