post-slider post-slider

काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

Image
A A

काठमाडौं- काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

 

Tags: