post-slider post-slider

खुल्यो जग्गा कित्ताकाट

Image
A A

काठमाडौं- जग्गा कित्ताकाट पूर्णरूपमा खुलेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो।

सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मन्त्रिपरिषद बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिइन्।

जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ।

यसअघि रोकिएको कित्ताकाट खुला गर्ने बताइए पनि नियमावली स्वीकृत नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन।

आवासीय र व्यापारिक जग्गा ८० वर्गफिटसम्म कित्ताकाट गर्न पाइने, खेतीयोग्य जग्गा एक रोपनीसम्म कित्ताकाट गर्न पाइने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो।

यसअघि कृषि जमिन उपत्यकामा पाँच सय वर्गमिटर र तराई तथा मित्री मधेसमा ६७५ वर्गमिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो। त्यस्तै आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो।

Tags: