post-slider post-slider

दलीय झगडामा संसद् रोकिनु गलत : रवि लामिछाने

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दलको झगडालाई लिएर संसद् अवरुद्ध हुनु लोकतान्त्रिक अभ्यास विरुद्ध भएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन राजनीतिक दल (कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र) को झगडामा सदन अवरुद्ध हुनु अस्वीकार्य भएको बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे थप स्पष्ट पार्नुपर्ने र राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खाले अभिव्यक्ति नदिन उनले प्रचण्डलाई सचेत गराएका छन्। संसद्लाई नेताहरूको जुँगाको लडाइँ नबनाउन र मिटरब्याज पीडितका लागि ल्याइएको अध्यादेश अन्तिम दिनमा किन पेस गरिएको भन्दै उनले प्रश्न गरे।

लामिछानेले तीन दलको तजबिजमा संसद् चलाउने प्रक्रिया स्वीकार्य नहुने चेतावनी दिएका छन्।

 

 

 

Tags: