post-slider post-slider

मन्त्रिपरिषद बैठकको खाजा कटौती

Image
A A

काठमाडौं- सरकारले मन्त्रिपरिषद बैठकको खाजा खर्च कटौती गरेको छ।

सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा खाजा कटौती गरिएको जानकारी गराएका हुन्।

स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको उनले जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

खाजावापत प्रत्येक मन्त्रिपरिषद बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद बैठक हुने गरेका छन्।

मन्त्रिपरिषदमा हुने खाजा खर्च कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिने प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मन्त्रिपरिषद बैठकमा सामान्य खाजा खुवाउन सुरू गरिएको छ।

यसैबीच नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ।

विभिन्न अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाल संवतको मिति उल्लेख गर्न थालिएको उनका प्रेस सल्लाहकार आचार्यले बताए।

 

Tags: