.png)

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प, जनजीवन सामान्य

काठमाडौं - काठमाडौं उपत्यकालगायत देशैभरि भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक हो। भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ।
रातको समयमा भए पनि धक्का महसुसपछि स्थानीय घरबाहिर निस्किएका थिए। भूकम्पबाट सिन्धुपाल्चोकमा आंशिक क्षति भएको छ भने कुनै पनि अप्रिय घटनाको विवरण आएको छैन।
भोटेकोशी गाउँपालिका वडा नम्बर २ भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको केन्द्रविन्दु आसपास कडा धक्का महसुस गरिएको गाउँपालिका अध्यक्ष पाशाङनुर्पु शेर्पाले बताए। तर, कुनै पनि ठूलो क्षति नभएको र जनजीवन सामान्य रहेको उनले बताए।