post-slider post-slider

प्रिमियर लिगमा लिभरपुलको सहज जित, सिटीलाई संघर्ष

Image
A A

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले  गोल गरेका थिए। चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए।

यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, चेल्सीको भने ८ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

अर्को खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए। यसअघि १-० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए।

त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो। केवल एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा रहेको छ।
       

Tags: