post-slider post-slider

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध प्रेस काउन्सिल र साइबर ब्यूरोमा उजुरी

Image
A A

काठमाडौं- प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा उनीविरूद्ध उजुरी परेको हो। 

बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको र जनबोली डटकमले पनि सोही किसिमको समाचार लेखेको भन्दै दुवैविरुद्ध उजुरी परेको हो।   

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्। 

अध्यक्ष बस्नेतले 'आफूलाई सूचना आएको' भन्दै साउन ४ गतेको फेसबुक स्टाटसमा श्रेष्ठमाथि 'सुन पास गराएको' आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि हिलो छ्याप्ने काम गरेको उजुरीमा उल्लेख छ। 

यस्तै गिरीले फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै बस्नेतविरुद्ध साइबर ब्यूरोमा पनि उजुरी दिएका छन्।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएकोले उजुरी दिएको गिरीले बताएका छन्।

गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ ।

Tags: