प्रदेस र स्थानीय तहलाई कति बजेट?
काठमाडौं - सरकारले समानीकरण अनुदानतर्फ प्रदेसलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन गरेको हो।
अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको जानकारी दिए।
त्यसैगरी समपूरक अनुदानतर्फ प्रदेसलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड गरी १३ अर्ब २७ करोड विनियोजन गरिएको छ।
विशेष अनुदानतर्फ प्रदेस र स्थानीय तहलाई क्रमशः ४ अर्ब ४६ करोड र ८ अर्ब ७३ करोड विनियोजन गरिएको छ।
राजस्व बाँडफाँडबाट प्रदेस र स्थानीय तहमा जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान सरकारको छ।