post-slider post-slider

कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको फैसला

Image
A A

काठमाडौं-  अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ।

बिहीबार रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो।

श्रेस्तेदार उद्धव ढोडारीले अदालतले आलममाथि जन्मकैदको सजाय सुनाएको बताए।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको सजाय अदालतले सुनाएको हो।

अदालतले मोहम्मद अफताब आलमका भाइ महताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाइएको छ।

त्यस्तै शेष सेराज भन्ने शेष सराज, बद्री सहनीलाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए। ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम, उनका भाइसहित अन्यमाथि थियो।

जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

Tags: