post-slider post-slider

संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक बस्दै 

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन्। छलफल बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन्। 

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए। 

साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ। ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ।

त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेका छन्।

 

Tags: