post-slider post-slider

कक्षा ११ मा भर्ना हुन कम्तीमा १५ दिन आवेदन समय दिन काठमाडौं महानगरको निर्देशन 

Image
A A

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईईको) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाउन सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ। 

 ‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ’ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सन्दर्भमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ।’

महानगर भित्र अध्ययन गर्न चाहाने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन  शिक्षण संस्थालाई महानगरले सूचना जारी गरिएको महानगर प्रमुख साहले बताएका छन्।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०(०८१ देखि महानगरले सञ्चालन गर्ने भएको छ ।  

त्यसका लागी महानगरमा सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९ ( ०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन सूचित समेत गरिएको छ।  

Tags: