post-slider post-slider

६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ

Image
A A

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  

अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले बताए।

सुन प्रकरणमा सराफको भूमिका बारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। सराफलाई म्याद थपका लागि शुक्रबार नै अदालत उपस्थित गराउने तयारी रहेको छ।

गत साउन ३ गते हङकङबाट  ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।  उक्त प्रकरणमा प्रहरीले अहिलेसम्म २८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

Tags: