post-slider post-slider

फर्किए महासचिव गुटेरेस

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रस्थान गरेका छन्।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

उक्त अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधि उपस्थित थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणका लागि उनी गत आइतबार काठमाडौं आएका थिए।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपालमाा रहँदा उनले सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए।

भ्रमणका क्रममा मंगलबार उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका विषयमा छलफल गरेका थिए।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

 

Tags: