post-slider post-slider

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, को-को पुगे?

Image
A A

काठमाडौं- जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।

समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो। क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन्।

त्यस्तै, चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ। त्यस्तै, कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ।

क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि सुरू हुनेछन्।

बुधबार बिहान भएको खेलमा कोलम्बिया र ब्राजिलले बराबरी अंक बाँडे। कोलम्बिया समूह डी को बिजेता बन्यो भने ब्राजिल उपविजेता हुँदै क्वाटरफाइनल पुगेको हो। 

Tags: