post-slider post-slider

सदनबाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराइयो कि गराइएन : माधव नेपाल

Image
A A

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा संसद्बाट पारित भएपछि लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै प्रश्न गरेका छन्।

अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले जारी नयाँ नक्साबारे विश्वलाई जानकारी गराउनुपर्ने बताएका हुन्।

'मौखिक रूपमा जानकारी गराएको हो कि हैन? लिखित रूपमा चिठी पठाउने काम भयो कि भएन? संसद्बाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनु पर्दथ्यो। त्यो भयो कि भएन? लिखित पठायो पठाइएन? विषय नक्साको मात्र हैन,' उनले बैठकमा भने, “परराष्ट्र मन्त्रालयको ध्यान गएको हो कि होइन ? हाम्रो देशको नक्सा संवेदनशील हो।'

उनले विभिन्न देशका राजदूत र सबै देशले भूराजनीतिक संवेदनशीलता बुझ्नुपर्ने बताए। चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि अहिले यस विषयमा चर्को बहस भइरहेको छ।

 

Tags: