post-slider post-slider

आज एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा

Image
A A

काठमाडौं- नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ। आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीमा कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।

गत बुधबार अध्यक्ष केपी ओली पार्टीका उपाध्यक्षसँग छलफलमा बसेका थिए। उपाध्यक्षहरूसँग उनले पार्टीको गतिविधि र आजका लागि तय सचिवालय बैठकको तयारीबारे कुराकानी गरेका थिए। छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए। 

 

Tags: